प्रधानन्यायाधीशसमक्ष बारको आग्रह

प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
काठमाडौँ  -प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको बारको टोलीले बुझाएको ज्ञापनपत्रमा पेसी व्यवस्थापन गर्दा अविलम्ब पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गरिएको हो । प्रधानन्यायाधीश कार्कीले आफ्नो नेतृत्वमा बनेको प्रतिवेदन न्यायालयको सुधारकै लागि बना...

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
बनियानी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताउनुभयो । “हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँद...

आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट

आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट
काठमाडौँ - पाटन उच्च अदालतमा समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदले रिट निवेदन दायर गर्नुभएको छ । रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आज समयमै खर्च बुझाएर पनि सार्वजनिक गर्दा जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै रिट निवेदन दायर गर्न...

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो
काठमाडौँ - वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उहाँले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिनुभयो । “देशभर...

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ - सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो । धितोपत...

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह
काठमाडौँ - सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गर्नुभएको हो । समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र झन्झटिलो ...

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
मकवानपुर - बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ र...

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
काठमाडौँ - संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यल...

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोन गर्ने

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोन गर्ने
काठमाडौँ – नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोन गर्ने भएको छ । सञ्चारग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत...

दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
काठमाडौँ - दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्युभएको हो । जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्द...