रेडक्रस भवन शिलान्यास

रेडक्रस भवन शिलान्यास
काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ । भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्र...

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी
काठमाडौँ- गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ ।शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्...

कुहिएको चामल खान बाध्य छन् हुम्ली

कुहिएको चामल खान बाध्य छन् हुम्ली
हुम्ला- सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्न...

कुखुरा रोग नियन्त्रण गर्न खोप

कुखुरा रोग नियन्त्रण गर्न खोप
हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो । गाउँमा फैलिएको रोग...

अम्लिसोको डाँठको व्यवसायीकरण

अम्लिसोको डाँठको व्यवसायीकरण
इलाम - अम्लिसो के का लागि प्रयोग हुन्छ रु झट्ट सोध्दा उत्तर आउँछ, घाँसका लागि । घाँसका लागि उपयुक्त मानिने अम्लिसो गाईबस्तुका लागि उपयुक्त मानिन्छ । यसको अनेक क्षेत्रमा प्रयोग हुने गरेको छ । पूर्वी पहाडी क्षेत्रमा घर बढार्न अम्लिसोकै कुचो बढी प्रयोग हुन्छ । यति मात्र होइन, अम्लिसोको डाँठ दाउरामा समेत प्रयोग हुन्छ । दाउरा नभएका बेला अम्लिसोका डाँठलाई दाउरामा प्रयोग गर्न सकिन्छ । अम्लिसोको कुचो ...

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

अन्नपूर्ण सुगर मिलका सञ्चालक  अग्रवाल पक्राउ
सर्लाही - सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानक...

भ्रमले खोप लगाउने कार्य सुस्त

भ्रमले खोप लगाउने कार्य सुस्त
महोत्तरी - महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । “पहिलो दिन १३५ जनालाई खोप ...

भैँसीपालनबाट सातलाख आम्दानी

भैँसीपालनबाट सातलाख आम्दानी
दाङ - तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । उहाँ विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बन्नुभएको हो । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न हुनुहुन्छ । उहाँले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिनुभएको छ । उहाँ पशुपालनबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष सबै खर...

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रम

शहीदको सपना साकार पार्न सरकार  क्रियाशील छः प्रम
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य...

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह
विराटनगर - प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली ज...