सडक पुगेसँगै बजार विस्तारः स्थानीय उत्पादन बिक्रीमा सहज
दार्चुला - पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो ।
बिटुले पारिबगर सडक खण्ड विस्तार भएसँगै बजार मार्मा गाउँपालिका–१ पारिबगर हुन गयो । यहाँसम्म सडकको पहुँच भएसँगै एक घण्टा पैदल दूरी घटेको थियो ।पारिबगरबाट माथिल्लो क्षेत...