अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा ...

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा
काठमाडौं - सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो । उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता...

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार
सुरुङ्गा (झापा) - माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप...

पर्यटनमन्त्री किरातीलाई पितृशोक

पर्यटनमन्त्री किरातीलाई पितृशोक
काठमाडौँ, ६ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहनुभएको थियो । उहाँले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मन्त्री किरातीका बुवाको पार्थिव शरीर...

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने
काठमाडौं - वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते साङ्गीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले साङ्गीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्र...

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन
काठमाडौं - सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ । प्रसारण लाइन निर्माण समयमा सम्पन्न हुन नसक्दा हेटौँडा आसपास केन्द्रित हुने बिजुली पश्चिम नेपाल लैजान स...

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर (दाङ) - पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चा...

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
काठमाडौं -  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो । सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र ड...

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने
चितवन - नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले प...

रसुवाका नयाँ पुस्ताको लागि प्रेरणायोग्य क्षोक्याल दोर्जे लामा रसुवाबाट बिदाइ

रसुवाका नयाँ पुस्ताको लागि प्रेरणायोग्य क्षोक्याल दोर्जे  लामा रसुवाबाट बिदाइ
रसुवा -रसुवाको बैङ्किङ क्षेत्रमा प्रसिद्ध बैंकर तथा नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्कका प्रबन्धक क्षोक्याल दोर्जे लामा एक दशक लामो अवधि आफ्नो जन्मभूमिमा जिल्लावासीलाई सेवा दिँदै आजदेखि राजधानी सरुवा भएका छन् । पढेर आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने मान्यता लिएका लामाले ईस २०११ मा ईङल्यान्डको भिसा पाएर पनि नगई आफ्नै जिल्लामा कार्य सुरु गरेका थिए । जुन कमैलाई जानकार छ । भने बिचमा काम छोडेर अर्कै पे...