बैंकिङ कसुर तथा सजाय विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं - बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको प्रतिनिधिसभाबाट पारित भएको छ । अब उक्त विधेयक राष्ट्रिय सभाले पारित गर्नुपर्नेछ ।
त्यसपछि राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।
१६ असोज ०८० मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक संसद्मा दर्ता गराएका थिए । त्यसमा पछिल्लोपटक संसद्को अर्थ समितिले दफाबार छलफल गराए...