काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा ...

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ ः प्रम

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो । सोका लागि सम्बन...

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा र...

सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिए : तुम्वाहाङ्फे

सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिए : तुम्वाहाङ्फे
उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उहाँले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताउनुभयो । उहाँले आफू दलको नभई संसद्को उपसभ...

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत
नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो । देशको आवश्यकता र स्वा...

अनेरास्ववियुले टुङ्ग्यायो सबै जिल्लाका संयोजक, सहसंयोजक

अनेरास्ववियुले टुङ्ग्यायो सबै जिल्लाका संयोजक, सहसंयोजक
काठमाडौँ - अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिनुभयो ।

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
काठमाडौँ - धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै ...

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण – उपप्रधानमन्त्री पोखरेल

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण – उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ...

लुम्बिनी विकासका लागि सरकार ‘एक्सन’ मा – मन्त्री भट्टराई

लुम्बिनी विकासका लागि सरकार ‘एक्सन’ मा – मन्त्री भट्टराई
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताउनुभएको छ । कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम शुरु गर्ने बताउनुभयो । लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत...

आलेख : पुग्दैछ बाटो प्रधानमन्त्री ओलीको जन्मघरसम्म

आलेख : पुग्दैछ बाटो प्रधानमन्त्री ओलीको जन्मघरसम्म
रवीन्द्र काफ्ले फिदिम, ५ माघ (रासस) ः धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ । यही आठराई...