जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाउनुभयो …

जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाउनुभयो …
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले...

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव
काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउनुभयो । उहाँले...

सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ- उपप्रधानमन्त्री पोखरेल

सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छ- उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो । “देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ”, उहाँले भन्नुभयो । सबै...

चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस

चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस
नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिध...

काँग्रेसको विवाद मिलाउन छलफल जारी

काँग्रेसको विवाद मिलाउन छलफल जारी
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइए...

विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना

विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक ...

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान
चार राष्ट्रियसभा सदस्यका लागि आज प्रदेश नं २ मा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । जनकपुरस्थित महेन्द्रनारायणनिधि संस्कृति केन्द्रमा बिहान १० बजे मतदान शुरु भएपछि अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो । प्रदेशका १०७ प्रदेशसभा सदस्य र स्थानीय तहका २७२ गरी कूल ३७९ मतदाता मतदानमा सहभागी थिए । निर्वाचन अधिकृत राजु खतिवडाले केही बेरमा मतगणनाको प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो । ...

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित
राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उ...

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी,...