मन्त्री रायमाझीबाट स्पष्ट

मन्त्री रायमाझीबाट स्पष्ट
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्र...

बुटवलको जनसभा ऐतिहासिक हुन्छ : नेता पोखरेल

बुटवलको जनसभा ऐतिहासिक हुन्छ : नेता पोखरेल
रुपन्देही - नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताउनुभएको छ । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उहाँले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पार्नुभयो । फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक ...

पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी
बैतडी - देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँ...

दाहाल र नेपालद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

दाहाल र नेपालद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह
काठमाडौँ - प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ । विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, ...

ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछ : प्रवक्ता गुरुङ

ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछ : प्रवक्ता गुरुङ
काठमाडौँ - सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार भएकोे बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आयोगले कानूनीरुपमा नचिनेका नेता माधवकुमार नेपालले हदम्याद सकेपछि गरेको दाबीको कुनै औचित्य नरहेकाले प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नै आधिकारिक दलको मान्यता पाउने ...

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित
काठमाडौँ - सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गर्नुभएको...

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा
काठमाडौँ - गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताउनुभएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उहाँले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो । राष्ट्रिय सुरक्षा परिषद् सचिवाल...

भारतसँग गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमा समस्या समाधान गर्नुपर्छ – प्रधानमन्त्री ओली

भारतसँग गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमा समस्या समाधान गर्नुपर्छ – प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने...

पेशागत महासङ्घमा थापा

पेशागत महासङ्घमा थापा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासङ्घ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ । महासङ्घका संयोजक विश्वनाथ प्याकु¥याललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस...

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल
काठमाडौ - प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताउनुभएको छ । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उहाँको तर्क थियो ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नुवाकोट –काठ...