वाग्मती प्रदेशसभाको बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर - वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

‘जनताको जीवनस्तर सुधार्न नेकपा विकल्प छैन’

‘जनताको जीवनस्तर सुधार्न नेकपा विकल्प छैन’
रुपन्देही - नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभामा मुलुकको विकास, समृद्धि र जनताको जीवनस्तर परिवर्तनका लागि नेकपा सरकारको विकल्प नभएको उनीहरूको दाबी छ । दुई चार जना नेताले बाटो बिराएर सडकमा कराउँदै हिँडे...

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका ...

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन
काठमाडौँ - प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ । धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका अध...

रिहा भएपछि रामकुमारी झाँक्रीले भनिन् – प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो

रिहा भएपछि रामकुमारी झाँक्रीले भनिन् – प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’ बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबा...

थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने : अध्यक्ष दाहाल

थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने : अध्यक्ष दाहाल
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति मगर सङ्घको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही...

फागुन ८ गते नेकपाको प्रदेशस्तरीय जनसभा

फागुन ८ गते नेकपाको प्रदेशस्तरीय जनसभा
मोरङ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्म...

प्रतिनिधिसभा विघटन मुद्दामा प्रम र सभामुखकोतर्फबाट बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा प्रम र सभामुखकोतर्फबाट बहस सकियो
काठमाडौँ - प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री र सभामुखका तर्फबाट बहस सकिएको छ । आइतबार रिट निवेदकका तर्फबाट जवाफ सकिएपछि पाँच जना एमिकस क्युरीलेको बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आज बहस सकिने क्रममा १३ जना रिट निवेदकमध्येबाट सल्लाह गरेर पाँच जनाले मात्र जवाफ दिन आग्रह गर्नुभयो । सोहीअनुसारसमेत तय गरिएकोसमेत जानकारी दिनुभयो । रिट निवेदककोतर्फबाट जवाफ सकिएपछि एमिसक क्य...

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो
काठमडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पार्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भन्नुभयो, “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारम...

युवाले प्रधानमन्त्री कदमको समर्थन गर्ने

युवाले प्रधानमन्त्री कदमको समर्थन गर्ने
रुपन्देही - नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा नेता महेश बस्नेतले राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरेको बताउनुभएको छ । फागुन १ गते बुटवलमा आयोजना गरिएको जनसभाको प्रचारका लागि आज बुटवलमा आयोजित ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले देशलाई विखण्डको दिशातर्फ लैजाने प्रयत्न गरेका कारण युवाले साथ दिन नसकेको उल्लेख गर्नुभयो । “प्रधा...