अविश्वासको प्रस्ताव पेश

अविश्वासको प्रस्ताव पेश
मोरङ - प्रदेश नं १ को प्रदेशसभाको आज सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङवोलाई नेपालको संविधानको धारा १८८ ९४४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ ९१० बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको...

वकिलको कार्यालय भवनको उद्घाटन

वकिलको कार्यालय भवनको उद्घाटन
मोरङ - विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्नुभयो । तीन कठ्ठा क्षेत्रफलमा रु तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको ...

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने
काठमाडौं - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउन...

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत
काठमाडौं - पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनुभएको छ । चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले आज विद्यालय भवन जोरपाटीमा गरेको सम्मान कार्यक्रममा उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो । शैक्षिक सङ्घ संस्थाले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुहुँदै पूर्वमन्त...

सुुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री साह

सुुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री साह
रौतहट - शहरी विकासमन्त्री प्रभुु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताउनुुभएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्र्तगत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उहाँले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने दाबी गर्नुभयो । मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्...

मकवानपुरमा निर्वाचन तयारी

मकवानपुरमा निर्वाचन तयारी
वाग्मती - जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक सुरक...

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर
चितवन - जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण,...

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिता...

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
इलाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताउनुभयो । “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।” उ...

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद
बैतडी - नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण...