निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेता नेपाल

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेता नेपाल
विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा उहाँले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री...

पुनर्नियुक्ति भएका चार मन्त्रीले लिए सपथ

पुनर्नियुक्ति भएका चार मन्त्रीले लिए सपथ
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो । उहाँहरु यसअघि ति...

नेपाल­खनाल समूहको सङ्गठन सुदृढीकरण अभियान, वडातहसम्म कमिटी बनाउने

नेपाल­खनाल समूहको सङ्गठन सुदृढीकरण अभियान, वडातहसम्म  कमिटी बनाउने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल­खनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको...

प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्दै

प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाटै एकैचोटी १६५ सडकको शिलान्यास गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गर्नेछन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास हुने कार्यक्रम रहेको प्रधान...

सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर, प्रधानमन्त्रीको राजीनामा माग्यो

सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर, प्रधानमन्त्रीको राजीनामा माग्यो
काठमाडौं - कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकबाट प्रतिगामी कदम चालेका ओलीलाई सत्ताबाट हटाएर आफैं सरकारको नेतृत्व गर्ने निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘अब कांग्रेसले राजीनामा माग्ने निर्णय गरेको छ । कांग्रेसलाई यसअघि माओवादी प्...

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो – अध्यक्ष दाहाल

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो – अध्यक्ष दाहाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताउनुभएको छ । पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उहाँले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गर्नुभयो । प्राध्यापक माणिकलाल श्रेष्ठ...

मेलम्चीको स्वच्छ पानीले उपत्यकावासीलाई राहत मिलेको छ : राष्ट्रपति भण्डारी

मेलम्चीको स्वच्छ पानीले उपत्यकावासीलाई राहत मिलेको छ : राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छन्। मेलम्चीको पानी औपचारिक रुपमा वितरण सुरु गर्न शुक्रबार खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन्।  मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उनले बताइ...

के खनाल-नेपाल समूह भिन्दै पार्टी बनाउँदैछ ?

के खनाल-नेपाल समूह भिन्दै पार्टी बनाउँदैछ ?
काठमाडौं - गृहकार्य १–प्रदेशदेखि सबै जिल्लामा समानान्तर कमिटी एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टीभित्रै विवाद गरिरहेको एमालेको खनाल–नेपाल समूह समान्तर कमिटी गठनमा जुटेको छ । बिहीबारमात्रै नेता नेपालको उपस्थितिमा गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन भएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुषाल भन्छन्, ‘७७ वटै जिल्लामा कमिटी हुन्छन् । अह...

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न लेखा समितिकाे निर्देशन

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न लेखा समितिकाे निर्देशन
काठमाडौं - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।         समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिले सार्वजनिक खरीद अनुगमन कार्यालयले अन्तरराष्...

नेकपा पार्टीको नाम विवाद सम्बन्धी फैसलामा पुनरावलोकन नहुने

नेकपा पार्टीको नाम विवाद सम्बन्धी फैसलामा पुनरावलोकन नहुने
काठमाडौं - सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज...