अध्यक्ष ओलीसँगको निर्णायक वार्तापछि ट¥यो नेपाल पक्षको राजीनामा

अध्यक्ष ओलीसँगको निर्णायक वार्तापछि ट¥यो नेपाल पक्षको राजीनामा
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको निर्णायक वार्ता सकारात्मक भएपछि पार्टी विभाजनबाट जोगिएकोे छ । बूढानीलकण्ठमा भएको वार्तामा सबै विवाद आपसमा बसेर कार्यदलमार्फत टुङ्गो लगाउँदै जाने समझदारी भएको नेता नेपालले सञ्चारकर्मीलाई बताउनुभयो । प्रधानमन्त्री ओलीसँगका भेटपछि प्रफुल्ल मुद्रामा बाहिरिनुभएका नेता नेपालले आफूहरु अनुपस्थित गत फागुन २८ ...

एमालेका चार नेतामाथिको कारबाही फुकुवा

एमालेका चार नेतामाथिको कारबाही फुकुवा
काठमाडौं - नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।  एमालेले चार ने...

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ् नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ् नियुक्त
काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यस अघि उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उहा...

ओलीको विकल्प दिन कठिन हुने संकेत

ओलीको विकल्प दिन कठिन हुने संकेत
काठमाडौं - जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको हो। ठाकुरसहितका १६ सांसदले नयाँ सरकार गठनक...

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत
पोखरा - गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो । मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् । राष्ट्रिय जनमोर्चा नेपालका ...

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक...

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस
काठमाडौं - काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ । पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित...

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव असफल

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव असफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । त्यस्तै हु...

नेपाल निर्णायक

नेपाल निर्णायक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ ।  नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, ने...

दोस्रो लहर सुरु भएसँगै रसुवा जिल्लामा कोरोना संक्रमित बढेकाे

दोस्रो लहर सुरु भएसँगै रसुवा जिल्लामा कोरोना संक्रमित बढेकाे
रसुवा/सुजन तामाङ(लोपन) रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३३ पुगेको छ । बिहीबार ३३ जना संक्रमित थपिसँगै कोरोना संक्रमितको संख्या १ सय ३३ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । हाल अहिले सम्म जिल्लाको पाँच ओटा पालिका मध्य आमाछोडिङमो गाउँपालिकामा संग्रमित संख्या शून्य थियो भने आज PCR परीक्षण गर्दा वडा न ५को थम्बुचेटमा १२ जानको रिपोर्ट ...