मध्यरातमा प्रतिनिधिसभा विघटन,कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

मध्यरातमा प्रतिनिधिसभा विघटन,कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि संसद भंग गर्दै मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त ...

आजको दिन मेरो जीवनको सबैभन्दा कठिन दिन -योगेश भट्टराई

आजको दिन मेरो जीवनको सबैभन्दा कठिन दिन -योगेश भट्टराई
काठमाडौं – नेकपा (एमाले)का नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएको बताएका छन्। विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका थिए । नेता भट्टराईले समेत आफूले विपक्षी दलका नेताको नाममा हस्ताक्षर नगरेको दाबी गरेका हुन् । नेता भट्टराईले एमालेको एकता...

७ वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

७ वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई
काठमाडौं - राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोक्नुभएको छ । सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओल...

सांसदको हस्ताक्षरसहित नेताहरु सितलनिवासमा, प्रधानमन्त्रीमा देउवाको दाबी

सांसदको हस्ताक्षरसहित नेताहरु सितलनिवासमा, प्रधानमन्त्रीमा देउवाको दाबी
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् । देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ । हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओ...

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आह्वान

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई ...

बादललाई हराउँदै राष्ट्रिय सभामा देवकोटा विजयी

बादललाई हराउँदै राष्ट्रिय सभामा देवकोटा विजयी
काठमाडौं - सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गर्दै डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी हुनुभएको हो । देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाउनुभयो । देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी ...

सांसद नरहेका सात मन्त्रीलाई मन्त्रीको हैसियतबाट पदमुक्त गर्न सर्वोच्चको आदेश

सांसद नरहेका सात मन्त्रीलाई मन्त्रीको हैसियतबाट पदमुक्त गर्न सर्वोच्चको आदेश
कठमाडौं - सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद नरहेका रामबहादुर थापा, टोपबहाद...

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद
काठमाडौं - केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर...

राष्ट्रियसभा उपनिर्वाचन : बहुमत मतदाता एमालेका तर ढुक्क छैनन् गृहमन्त्री थापा !

राष्ट्रियसभा उपनिर्वाचन : बहुमत मतदाता एमालेका तर ढुक्क छैनन् गृहमन्त्री थापा !
माधव नेपालले पूर्ण सहयोग हुने बताउनु भएको छ : थापाको सचिवालय मतदातालाई स्वविवेक प्रयोग गर्न दिनेमा सहमत हो तर कुनै सहमति भएको छैन : नेपालको सचिवालय काठमाडौं - बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा वागमती प्रदेशमा बहुमत मतदाता एमालेका छन् । तर, पार्टीभित्रको अन्तरविरोधले एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापाको जितबारे उनकै पार्टीका नेताहरु ढुक्क भने छैनन् । खास ग...

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् । सभापति देउवाले अस्पतालरुह...