बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ। प्रदेशसभा सदस्य रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार तथा विकास...

कार्यकर्ता रिझाउन बजेट

कार्यकर्ता रिझाउन बजेट
जनकपुरधाम - प्रदेशस्तरीय बहुप्रतीक्षित योजनालाई प्राथमिकतामा राख्नुको साटो प्रदेश २ सरकारले चालू वर्षको बजेटलाई चुनाव केन्द्रित गरेको छ। जनताको आवश्यकता र मागभन्दा पनि नेता, कार्यकर्तालाई खुसी पार्न बजेट विनियोजन गरिएको छ। रातो किताबलाई कालो किताबको संज्ञा दिएको प्रतिपक्षले पनि बजेटमा भागबन्डा मिलेपछि तै चुप मै चुप भएका छन्।  सर्लाहीका समानुपातिक सांसद रामनरेश राय झन्डै साढे तीन वर्षदेखि प...

बामदेब गौतमद्वारा एमाले पार्टीका सबै पदबाट राजीनामा

बामदेब गौतमद्वारा एमाले पार्टीका सबै पदबाट राजीनामा
काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनु भएको छ । राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगर...

भदौं २३ अघि मन्त्रीपरिषद विस्तार हुदैन : माधव नेपाल

भदौं २३ अघि मन्त्रीपरिषद विस्तार हुदैन : माधव नेपाल
काठमाडौं - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रीपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाडौं - नेपाल सरकारले उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो । समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव र सदस्यमा नापी विभाग, नेपाल प्रहरी सशस...

फेरि पनि ‘गोजी’ बाट मन्त्री छान्ने तयारी

फेरि पनि ‘गोजी’ बाट मन्त्री छान्ने तयारी
देउवा र दाहालले तजबिजीमा केहीलाई मन्त्री बनाएको डेढ महिनापछि नयाँ दल एकीकृत समाजवादीबाट पनि सरकारमा जाने व्यक्ति छान्ने जिम्मा अध्यक्ष नेपाललाई, ओलीलाई स्वेच्छाचारी भनेर चर्को आलोचना गर्ने शीर्ष नेताहरु नै संस्थागत विधिलाई बेवास्ता गर्दै नेताको खल्तीबाट मन्त्री बनाउने गरिएका कारण ठेकेदार वा पैसा भएका पात्र हेर्ने गरिन्छ, उनीहरुबाट प्रभावकारी काम हुँदैन ।– श्याम श्रेष्ठ, विश्लेषक काठमाडौं - तत्...

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् – प्रधानमन्त्री देउवा

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् – प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौ...

एमालेको सिफारिश कार्यान्वयन नहुने भएपछि १४ सांसदको पद जोगियो

एमालेको सिफारिश कार्यान्वयन नहुने भएपछि १४ सांसदको पद जोगियो
काठमाडौं - नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ ।        निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय...

महाधिवेशनबाट नयाँ उर्जा : प्रवक्ता शर्मा

महाधिवेशनबाट नयाँ उर्जा : प्रवक्ता शर्मा
दमक - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको हो भन्नुभयो । “कांग्रेसलाई जन...

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने,...