निस्वार्थ भावका साथ नयाँ पार्टीले काम गर्छ – अध्यक्ष नेपाल

निस्वार्थ भावका साथ नयाँ पार्टीले काम गर्छ – अध्यक्ष नेपाल
बागमती - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्...

एमाले संखुवासभा – काठमाडौं मञ्चको चियापान कार्यक्रम सम्पन्न

एमाले संखुवासभा – काठमाडौं मञ्चको चियापान कार्यक्रम सम्पन्न
काठमाडौं - नेकपा (एमाले) संखुवासभा - काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आज अनामनगर स्थित तमु सेवा भवनमा शुभकामना आदान - प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । २०७८ सालको विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भमा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं संखुवासभाका प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको कार्...

उषाकिरणले आफ्ना पिता जननेता मदन भण्डारीलाई दिइएको पदक ग्रहण मात्र गरेकी हुन् – अध्यक्ष ओली

उषाकिरणले आफ्ना पिता जननेता मदन भण्डारीलाई दिइएको पदक ग्रहण मात्र गरेकी हुन् – अध्यक्ष ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदक वितरणमा राष्ट्रपतिको छोरीको तस्बीर देखाएर जबाफ फर्काएकोमा आक्रोश व्यक्त गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले भने ‘हामीले प्रचण्ड जस्तो, उपराष्ट्रपति जस्तो, आफ्नै छोरालाई दिने, कसैले आफ्नै बालाई दिनेजस्तो होइन। उषाकिरण भण्डारीले आफ्नो पिताको मरणोपरान्त पदक लिएको हो। उहाँलाई पदक दिइएको होइन।’ पछिल्...

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए
काठमाडौं - यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्।  मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त दिएका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। तर, सरकारले परराष्ट्र सेव...

देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्छ – अध्यक्ष ओली

देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्छ – अध्यक्ष ओली
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएमा विद्यार्थी सङ्गठनले जनतालाई सचेत गराउँदै सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनु...

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ – अध्यक्ष प्रचण्ड

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ – अध्यक्ष प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । जसपा र एमालेबाट माओवादी केन्द्रमा आउनुभएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुर...

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल
काठमाडौं - नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । शनिबार काठमाडौंमा भएको केन्द्रीय सचिवालयको बैठकले बरालको नेतृत्वमा कमिटी गठन गरेको हो। सचिवालय बैठकले संगठनको उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा कल्पना वाइबा, झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी र महासचिवमा समिक बडाल चयन भएका छन् ।

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी
काबुल -अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपाचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ...

कांग्रेसमा क्रियाशील सदस्यको विवाद शीघ्र टुङ्ग्याउने सहमति

कांग्रेसमा क्रियाशील सदस्यको विवाद शीघ्र टुङ्ग्याउने सहमति
काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गर्नुभएको थियो । कांग्रेस वर...

माधव नेपाल एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई

माधव नेपाल एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई
काठमाडौं - नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि ने...