कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा.शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् । माओवादीले कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ। वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ । कीर्...

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी
काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिका–१ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिप...

भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क–कसलाई लाग्छ ?

भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क–कसलाई लाग्छ ?
काठमाडौं  - आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरका...

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी
काठमाडौं  -  पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ । “कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष  झाले भन्नुभयो । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार...

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ – ऊर्जामन्त्री खड्का

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ – ऊर्जामन्त्री खड्का
काठमाडौं - उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताएका हुन्। “म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेक...

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमति प्रतिनिधिसभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुअघि मन्तव्य व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले कांग्रेससँग भएको सहमति जानकारी गराएका हुन् । उनले बाचन गरेअनुसार सात बुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आव...

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ मा देखिएको समस्या समाधानका लागि छलफल

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ मा देखिएको समस्या समाधानका लागि छलफल
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गरेका छन्। निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गरेका हुन्। उनले भुक्तानी...

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय
काठमाडाै‌ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हाे । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु सहभागि हुनुहुन्छ । पार्टी सभापति रवि लामिछाने उपप्रधा...

नयाँ सरकार गठनबारे कांग्रेस एमालेबीच सात बुँदे सहमति

नयाँ सरकार गठनबारे कांग्रेस एमालेबीच सात बुँदे सहमति
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ । सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय ...

कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो – गृहमन्त्री लामिछाने

कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो – गृहमन्त्री लामिछाने
काठमाडौं  - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै गृहमन्त्री लामिछाने संसद्को विधि...