बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम
गलेश्वर, १६ साउन - राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् । बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–...

बाढीपहिरो प्रभावितलाई राहत वितरण

बाढीपहिरो प्रभावितलाई राहत वितरण
ताप्लेजुङ, १६ साउन - नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेकोे छ । सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्ख...

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी
बेदकोट, १४ साउन - वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा...

सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्ग अवरुद्ध
रामपर (पाल्पा), १४ साउन - तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो ...

बाढी र पहिरोबाट युना र बौडीका केही परिवार विस्थापित

बाढी र पहिरोबाट युना र बौडीका केही परिवार विस्थापित
बाजुरा, १४ साउन - लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको...

बेनी–दरवाङ सडकको फापरखेतमा सधैँ पहिरो

बेनी–दरवाङ सडकको फापरखेतमा सधैँ पहिरो
म्याग्दी, १३ साउन - बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरो म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । बेनी नगरपालिका–४ का वडा सदस्य प्र...

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा
बाजुरा, १३ साउन - बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका(३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाज...

मस्र्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी

मस्र्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी
–पूर्ण विके तनहुँ - आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो । “पानी परेका बेला मस्र्याङ्दीको भेल बढेर घर भित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “...

पहिराले मुहान र पाइप बगायो, खानेपानीको समस्या

पहिराले मुहान र पाइप बगायो, खानेपानीको समस्या
ढोरपाटन - निरन्तर वर्षाका कारण खसेको पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा पानीको समस्या भएको छ । रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम - पूर्ववर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुङ्गा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी ...