मनोसामाजिक समस्याको कारक बन्दै कोरोना

मनोसामाजिक समस्याको कारक बन्दै कोरोना
घटना–१ काठमाडौं - खोटाङ घर भई काठमाडौंमा एक निजी अस्पतालमा काम गर्ने ३५ वर्षका राजकुमार (नाम परिवर्तन) कोरोना महामारीको पहिलो चरणमै संक्रमित भए। कोठा भाडामा लिएर बस्दै आएका उनले आफू संक्रमित भएको घरधनीलाई बताए। राजकुमारले आफूलाई कोरोना लागेको कुरा बताउँदा घरधनीले सहयोग गर्ने अपेक्षा गरेका थिए तर उनको अनुमान गलत साबित भयो। राजकुमारलाई घरधनीले घरमा बस्न नदिने बताए। त्यसपछि उनी आफूले काम गर्दै...

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा
काठमाडौं - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चला...

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक
साउदी अरेबिया - हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र...

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड
हेटौंडा - भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार रुपैयाँ तिर्ने गरी १ लाख ऋण लिएर सेयर किने। उनले चार वर्ष लगाएर ऋण चुक्ता गरे। कुलेखानी खानीखेतका विष्णुकुमार पुडासैनीले मकै बेचेर १० हजार ल...

अधिकांश जग्गा तीन जनाका नाममा

अधिकांश जग्गा तीन जनाका नाममा
काठमाडौं - बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्ली...

अन्तरजातीय विवाह : दलितलाई कानुनी पासो

अन्तरजातीय विवाह : दलितलाई कानुनी पासो
काठमाडौं - हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरेका १९ वर्षीय चन्द्र कामी २९ मंसिरबाट हराए । एक सातापछि सकुशल त फेला परे तर यो घटनाले अन्तरजातीय विवाह, बालविवाह, विद्यमान जात व्यवस्था र कानुनी प्रणालीको विषय बहसमा ल्याएको छ । चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँकी १७ वर्षीया किशोरीसँग भागी विवाह गरेका थिए । तीन सातापछि २९ मंसिरको मध्यरात किशोरीका बाबु १३ जनाको दलबलसहित चन्द्रको घरमै पुगे र किशोरील...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?
काठमाडौं - तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए । माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको ...

४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि…

४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि…
विराटनगर - शनिबार कन्याको घरमा विवाहको तयारी सुरु भइसकेको थियो । निम्तालुहरू दुलहीलाई दिने उपहार बोकेर जम्मा भइरहेका थिए । मिस्ठान्न पाक्दै थियो । कन्याको सिंगार पेटार चलिरहेको थियो । जब दुलाहा दुई वटा मोटरसाइकलमा तीन जना बरियाती लिएर कन्याको घरमा साँझ आइपुगे तब विवाहको माहोल एकाएक बदलियो । भारतको उत्तर प्रदेश धनुसरा सिलवर नगरका ४४ वर्षीय मोहमद सलिम उद्धिनले आफूलाई १५ वर्षको भन्दै विराटनगर–१४ ...

मेलम्ची मर्मत फास्ट ट्र्याकबाट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव

मेलम्ची मर्मत फास्ट ट्र्याकबाट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव
काठमाडौं - मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची आउनेमा...

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो
काठमाडौं - स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल ...