हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना
काठमाडौं  - हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो। लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका...

भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै

भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै
काठमाडौं - सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ । लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र ...

कोरोना खोपपछि १० को मृत्यु,कारण खोज्दै सरकार

कोरोना खोपपछि १० को मृत्यु,कारण खोज्दै सरकार
काठमाडौं - कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ ।म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका...

न श्रीमती, न सम्पत्ति

न श्रीमती, न सम्पत्ति
काठमाडौं - काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए। तर, घर फर्किंदा न त्यो पैसा पाए न त अंश बेचेर ल्याएको सम्पत्ति बाँकी रह्यो। श्रीमती पनि आफ्नो रहिनन्। बरु उनी सम्बन्धविच्छेदको मुद्दा खेपिरहेका छन्। हालै विदेशबाट फर्किएका ती युवा काठमाडौं जिल्ला अदालत परिसरमा भेटिए। अद...

के खनाल-नेपाल समूह भिन्दै पार्टी बनाउँदैछ ?

के खनाल-नेपाल समूह भिन्दै पार्टी बनाउँदैछ ?
काठमाडौं - गृहकार्य १–प्रदेशदेखि सबै जिल्लामा समानान्तर कमिटी एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टीभित्रै विवाद गरिरहेको एमालेको खनाल–नेपाल समूह समान्तर कमिटी गठनमा जुटेको छ । बिहीबारमात्रै नेता नेपालको उपस्थितिमा गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन भएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुषाल भन्छन्, ‘७७ वटै जिल्लामा कमिटी हुन्छन् । अह...

जग्गा नबेच्दा ज्यानै गयो

जग्गा नबेच्दा ज्यानै गयो
जलेश्वर - जग्गा बिक्री गर्न अस्वीकार गर्दा वृद्ध दम्पती मुसाफिर झा र उनकी पत्नी गीतादेवीको हत्या भएको पाइएको छ। महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पतीलाई फागुन ११ गते राति ओछ्यानसहित बेपत्ता पारिएको थियो। उनीहरूको शव बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएको छ।  ‘सुतेकै ठाउँमा धारिलो हतियारले दम्पतीको हत्या गरिको रहेछ। त्यसपछि घटना दबाउन उनीहरूको शव ओछ्यानमै बेरेर घरबाहिर लगेको देखिय...

ओली झन् शक्तिशाली

ओली झन् शक्तिशाली
काठमाडौं - केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवत: निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्। त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक ...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?
काठमाडौं - केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् । प्रति...

नेतृत्व बढ्यो, उत्पीडन घटेन

नेतृत्व बढ्यो, उत्पीडन घटेन
काठमाडौं - पछिल्लो समय राज्यका निकाय, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिला नेतृत्व र सहभागिता बढेको छ । तर महिलामाथिको हिंसा तथा उत्पीडनका घटनामा कमी भने आएको छैन ।  हाल प्रतिनिधिसभामा ९० र राष्ट्रिय सभामा २२ महिला छन् । २०१५ सालको पहिलो आमनिर्वाचनमा डडेलधुराकी द्वारिकादेवी ठकुरानी एकमात्रै विजयी महिला सांसद थिइन् । मन्त्रिपरिषद्मा हाल चार महिला मन्त्री तथा राज्यमन्त्री छन् । मुलुकको राष्...

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट
काठमाडौं - अर्थ मन्त्रालयको रातो किताबअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड २४ लाख बजेट विनियोजन भएको छ । जसमा पदाधिकारी सेवासुविधा ८० लाख, कर्मचारी तलब र प्रशासनिक खर्च ११ करोड ३४ लाख छ । तर, कार्यक्रम खर्च भने जम्मा १० लाख मात्रै । यसबाटै बुझ्न सकिन्छ, लक्षित समुदायको हकहित र अधिकारका लागि काम गर्ने आयोगहरूको ठूलो बजेट पदाधिकारी र कर्मचारीको तलब सुविधामै सकिन्छ । कार्...