शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी
काठमाडौँ - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल...

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट
महेन्द्रनगर - कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिनुभयो । त्यसैगर...

लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी

लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी
कैलाली- धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ । पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन बनायो । उसका लाग...

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
कास्की - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर...

शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो

शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो
काठमाडौँ - शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो । खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्था...

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई
भरतपुर - दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो । कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रा...

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट
काठमाडौँ - सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्...

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र ...

‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी

‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी
काठमाडौं - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गर्नुभयो । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गर्नुभएको हो । खेलको ११औँ मिनेटमा ...

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त
काठमाडौँ - नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेल...