किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा

किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा
लेखनाथ, १४ साउन - पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो, । तर अहिले आफ्नै वडाको ठूलीपोखरीमा किसान बजारस...

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी
( नृपेन्द्र बहादुर मल्ल मुगु - गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडाँै रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मु...

गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात

गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
काठमाडौँ - गत आर्थिक वर्ष २०७९र८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । रु सात अर्बको करोड स्याउ आयात विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४...

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो
मन्थली - देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् । जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेँसीलगायतका ठाँउमा उल्लेख्यरुपमा अझै धान रोपाइँ हुन सकेको छैन । पानीका भल छोपेर रोप्नुपर्ने पाखे ...

‘रैथानेबालीको संरक्षण गर्न प्राथमिकता दिनुहोस्’

‘रैथानेबालीको संरक्षण गर्न प्राथमिकता दिनुहोस्’
कर्णाली - कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९÷८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई सुझाउनुभयो । ...

भारतीय मलकै भरमा खेती

भारतीय मलकै भरमा खेती
टीकापुर, (११ साउन) - यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भन्नुभयो, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्य...

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार
काठमाडौँ -  तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् तर त्यसको अनुगमन नहुँदा अनुदान सदुपयोग नभएको गुनासो बढ्न थालेको हो । टनेलमा तरकारी खेती गर्नेलाई स्थानीय सरका...

गबारोबाट धानबालीमा क्षति

गबारोबाट धानबालीमा क्षति
दोधारा चाँदनी - कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिनुभयो । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “झण...

गबारोबाट धानबालीमा क्षति

गबारोबाट धानबालीमा क्षति
दोधारा चाँदनी - कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिनुभयो । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “झण...

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी
विराटन - गरसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताउनुभएको छ । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गर्नुभयो । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताउनुभयो । सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशी...