‘प्रदेश सहयोग कार्यक्रम’ प्रदेशको क्षमता अभिवृद्धि हुने

‘प्रदेश सहयोग कार्यक्रम’ प्रदेशको क्षमता अभिवृद्धि हुने
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच प्रदेश नं १ मा ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत प्राप्त हुने रु एक अर्बले प्रदेश सरकारलाई समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न सहयोग पुग्ने भएको छ । चार वर्षका लागि सञ्चालन हुने सो परियोजनामा प्रदेश सरकारले रु २० करोड थप्ने भएको छ । परियोजनाको कूल रकम रु एक अर्ब २० करोड हुने प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभय...

राजश्व बोर्ड गठन हुने – अर्थमन्त्री डा.खतिवडा

राजश्व बोर्ड गठन हुने – अर्थमन्त्री डा.खतिवडा
विराटनगर - अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्रियामा उहाँले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव छैन भन्नुभयो । मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका विषयमा कसैले पनि चिन्ता लिनुपर्ने आवश्यकता छैन भन्नुभयो । उहाँले शङ्कास्पद कारोवार गर...

तीनमहिने सङ्गठन सुदृढीकरण अभियान शुरु

तीनमहिने सङ्गठन सुदृढीकरण अभियान शुरु
धनुषा - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको सङ्घीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताउनुभएको छ । पार्टीले आजदेखि शुरु गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताउनुभय...

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक- मुख्यमन्त्री पौडेल

समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक- मुख्यमन्त्री पौडेल
हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तत्र्रिmया कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेव...

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् । युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीति...

आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति

आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको उहाँहरुबीचको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट ...

सिकिम्मका पूर्व मुख्यमन्त्रीलाई राई विद्यार्थीद्धारा मायाको चिनो प्रदान

सिकिम्मका पूर्व मुख्यमन्त्रीलाई राई विद्यार्थीद्धारा मायाको चिनो प्रदान
काठमाडौं - सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङलाई किरात राई विद्यार्थी संघले मायाको चिनो प्रदान गरेको छ । किरात राई यायोक्खाले किरात येले संवत ५०८० का अवसरमा काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना तथा ‘यलम्बर स्मृति सम्मान’ कार्यक्रममा उनलाई संघले मायाको चिनो प्रदान गरेका हुन् । पूर्वमुख्यमन्त्री चाम्लिङलाई कार्यक्रममा संघको तर्फबाट केन्द्रीय अध्यक्ष जीतेन राईसहित...

पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग

पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढीमा ३५ सदस्यीय कमिटी रहने भनिए पनि अहिलेसम्म गठन हुन नसक्दा विभागले कामसमेत गर्न सकेको छैन । नेकपाका ३२ विभागले पूर...

उपसभामुखले राजीनामा दिनुपर्छ- प्रवक्ता श्रेष्ठ

उपसभामुखले राजीनामा दिनुपर्छ- प्रवक्ता श्रेष्ठ
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताउनुभएको छ । आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन न’पाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सब...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै
काठमाडौं - नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी जयन...