‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ ’

‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ ’
लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ चिती एकाइले आज तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उहाँले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा ...

पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ – उर्जामन्त्री पुन

पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ – उर्जामन्त्री पुन
घोराही - नेपाल सरकारका जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले अब नयाँ पुस्ताले पुर्खाको पहिचान नमासिने गरी संस्कारमा परिमार्जन ल्याउनुपर्ने बताउनुभएको छ । मगर भाषा साहित्य प्रतिष्ठान दाङले आज घोराहीमा आयोजना गरेको मगर वेषभूषा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उहाँले इतिहासमा रहेका केही विकृतिलाई मासेर पहिचान नमेटिने गरी पुर्खाले मान्दै आएको संस्कारलाई आधुनिकता तरिकाले अगाडि बढाउ...

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक – पर्यटनमन्त्री

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक – पर्यटनमन्त्री
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताउनुभएको छ । वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भन्नुभयो, ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’ ...

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : मन्त्री भट्ट

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : मन्त्री भट्ट
काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताउनुभएको छ । उहाँले भन्नुभया, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ।” ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्य...

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा
राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताउनुभएको छ । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् ।” अध्यक्ष थापाले नेपाल...

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’
अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा रु १५ अर्ब कर छली गरेको अभियोगमा ५०६ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । यसै सेरोफेरोमा रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग राष्ट्रिय समाचार समिति (रासस) ...

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

‘केन्द्रीय तहदेखि एकता आवश्यक’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गर्नुभयो । “केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ”, भण्डारीले भन्नुभयो, “त...

जमीनको उत्पादकत्व वृद्धिले समृद्धि आउँछ : मन्त्री अर्याल

जमीनको उत्पादकत्व वृद्धिले समृद्धि आउँछ : मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताउनुभएको छ । आज यहाँ आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को प्रगति समीक्षा गोष्ठीमा उहाँले भन्नुभयो, “समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त हो ।” मन्त्री अर्यालले ...

एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको छ । प्रेस सङ्गठन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्ता...

पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी

पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन नभएका कारण यी विषयमा अन्योल बढ्दै गएको हो । विकास योजना कार्यको भुक्तानी नदिइएको विषयमा विवादका घटनामा वृद्धि भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा नियमित सञ्चालन हुन सकेको छैन । प्रदेशसभा सचिवालयले गत भदौ ५ गतेमा प्रदेशको नामकरण र स्थाय...