विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना

विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक ...

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान
चार राष्ट्रियसभा सदस्यका लागि आज प्रदेश नं २ मा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । जनकपुरस्थित महेन्द्रनारायणनिधि संस्कृति केन्द्रमा बिहान १० बजे मतदान शुरु भएपछि अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो । प्रदेशका १०७ प्रदेशसभा सदस्य र स्थानीय तहका २७२ गरी कूल ३७९ मतदाता मतदानमा सहभागी थिए । निर्वाचन अधिकृत राजु खतिवडाले केही बेरमा मतगणनाको प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो । ...

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित
राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उ...

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी,...

समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द

समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द
बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव प...

एमसीसी पास गरे घातक हुन्छ – नेता रावल

एमसीसी पास गरे घातक हुन्छ – नेता रावल
डोटी - नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनुभएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आज जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताउनुभयो । उहाँले भन्नु...

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्न...

राष्ट्रियसभा निर्वाचनः १८ सदस्य पूर्ति हुने

राष्ट्रियसभा निर्वाचनः  १८ सदस्य पूर्ति हुने
राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशस...

राष्ट्रियसभा निर्वाचन : सदरमुकाममा बढ्यो रौनक

राष्ट्रियसभा निर्वाचन : सदरमुकाममा बढ्यो रौनक
यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा निकै चहलपहल बढेको छ । चहल पहलसँंगै यहाँका बजारमा समेत रौनक छाएको छ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदानका लागि यहाँ आउन थालेपछि बजारमा रौनक छाएको हो । मतदान गर्न आउने जनप्रतिनिधिका कारण यहाँका बजारमा रहेका होटेल तथा अतिथिगृह ...