हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैन – अध्यक्ष प्रचण्ड
काठमाडौं - नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताए ।
हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।”...