कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ÷नगरपाल...

‘रबर खेतीका पिता’ झापामा सम्मानित

‘रबर खेतीका पिता’ झापामा सम्मानित
झापा - गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा...

टुँडिखेलमा मानव साङ्लो

टुँडिखेलमा मानव साङ्लो
काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ । असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोध गर्न माग गरेका थिए । उनीह...

क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने

क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म ...

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उहाँले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताउनुभयो । उहाँले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत ...

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेश

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेश
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफँै लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उहाँले लिखित जवाफ पेश गर्नुभएको प्रधान...

एमिकस क्युरीको राय दिनेक्रम जारी

एमिकस क्युरीको राय दिनेक्रम जारी
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिनेक्रम जारी छ । राय दिनक्रममा आज वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नेपालको संविधानमा नभएको बताउनुभयो । “संविधानमा विघटन गर्ने व्यवस्थाका विषयमा काहीँ पनि लेखिएको छैन, संसद्ले प्रधानमन्त्रीलाई सहयोग नगरेको अवस्था पनि होइन ।” पार्टी...

गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर

गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर
वाग्मती - उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ । अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गर्नुभएका...

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
बनेपा - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पार्नुभयो । मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्न...

कांग्रेस महाधिवेशन भदौको पहिलो साता

कांग्रेस महाधिवेशन भदौको पहिलो साता
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । यसैगरी गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ ग...