हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत
भरतपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ । भरतपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उहाँले सू...