सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग

सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज प्राप्त भएको जानकारी दिनुभयो । आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वो...

पर्यटकका लागि नेपाल सुरक्षित र शान्त : मन्त्री ढकाल

पर्यटकका लागि नेपाल सुरक्षित र शान्त : मन्त्री ढकाल
काठमाडौं - संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रुपमा स्थापित भएको बताउनुभएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभामा मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सफल रुपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट...

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
काठमाडौं - सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय प्रदान गर्नुभयो । नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा ...

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली करिब...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर
काठमाडौं - सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो...

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु
भक्तपुर - गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ । सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गर्नुभएको हो ...

नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ

नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ
बनेपा - युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनुभयो । “मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “काम गर्नका लागि प्रा...

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री
काठमाडौं -अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ । साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ ।” बैंक तथा वित्तीय संस्था परि...

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत
जलेश्वर - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाइने बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा आयोजित तीनदिने जिल्ला समन्वय समिति महासङ्घको प्रदेशस्तरीय विस्तारित भेलालाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको संविधानद्वारा जिल्ला समन्वय समितिलाई प्रदान गरिएको सम्पूर्ण अधिकार प्रदेश सरकारले दिन तयार रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारल...

‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति

‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसङ्घले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताकोे शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आप्mनो अन्तरआत्मामा लागेको विषयलाई परिसङ्घले उठाएकामा धन्यवाद व्यक्त गर्नुभएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्र...