नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो ।हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई ...

कामपाका कर्मचारी समायोजनमा

कामपाका कर्मचारी समायोजनमा
काठमाडौं - काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मच...

ओली झन् शक्तिशाली

ओली झन् शक्तिशाली
काठमाडौं - केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवत: निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्। त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक ...

पन्तविरुद्ध वलीद्वारा गाली बेइज्जती मुद्दा

पन्तविरुद्ध वलीद्वारा गाली बेइज्जती मुद्दा
काठमाडौं - काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, “मेरो इज्जतमा धक्का पु...

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा उहाँहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकले ती विषयम...

नेकपाका साइनबोर्ड धमाधम हटाइँदै

नेकपाका साइनबोर्ड धमाधम हटाइँदै
कर्णाली - नेकपा एमाले पुनःस्थापित भएपछि कर्णालीका विभिन्न जिल्लामा नेकपाको नाममा रहेका कार्यालयका साइनबोर्ड हटाउन थालिएको छ । सुर्खेतसहित कर्णालीका दैलेख, कालीकोटलगायत जिल्लामा पनि नेकपाको नाम मेटाउँदै ‘नेकपा (एमाले)’का नाममा नामपाटी राख्न थालिएको हो । एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । वीरेन्द्रनगर–६ हटियालाइनस्थित ऋषि स्मृति भवनमा रहेको नेकपाको साइनबोर्ड हटाउ...

धूम्रबाराहीमा एमाले बोर्ड

धूम्रबाराहीमा एमाले बोर्ड
काठमाडौँ - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ । अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि आआफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ । एकीकरणपूर्व एमाले केन्द्...

झापामा नेकपा एमालेकोे बोर्ड

झापामा नेकपा एमालेकोे बोर्ड
झापा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो । सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो ...

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्...

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
काठमाडौं - नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्च...