सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् । सभापति देउवाले अस्पतालरुह...

राष्ट्रियसभा निर्वाचनमा थापालाई नेता नेपालको साथ

राष्ट्रियसभा निर्वाचनमा थापालाई नेता नेपालको साथ
काठमाडौं - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिनुभएको छ । कोटेश्वरस्थित आफ्नो निवास पुग्नुभएका गृहमन्त्री थापासँगको भेटमा उहाँले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती ...

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
दाङ - राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुई जनाले उम्मेदवारी दिएका छन्। यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गर्नुभएको थियो । नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेल...

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने
काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो । आदेशमा महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता...

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस
काठमाडौं - एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वाेच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामेल दुई पार्टी पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेको थियो । पार्टीभित्रको विवादकै कारण गत २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको सँघा...

सकारात्मक मोडतर्फ एमाले

सकारात्मक मोडतर्फ एमाले
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो । कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल त...

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रुपमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।  शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलील...

एसइई परीक्षाबारे चाँडै निर्णय हुन्छ – शिक्षामन्त्री श्रेष्ठ

एसइई परीक्षाबारे चाँडै निर्णय हुन्छ – शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ-१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताएका छन्। गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो। मन्त्री श्रेष्ठले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा ...

प्रधानमन्त्री ओलीः राजनीतिक निरन्तरता र दूरदर्शिता

प्रधानमन्त्री ओलीः राजनीतिक निरन्तरता र दूरदर्शिता
काठमाडौं - पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिनुभएको छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार राति उक्त पदमा पुनः नियुक्त गर्नुभएको हो । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उप...

केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । संसदमा विश्वासको मत गुमाएपछि पदमुक्त भएका ओली तीन दिनपछि पुनः नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले  ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्...