बालकोटमा ओलीको भव्य स्वागत, माधव नेपाललाई अब पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

बालकोटमा ओलीको भव्य स्वागत, माधव नेपाललाई अब पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभएको छ । आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुग्नुभएका अध्यक्ष ओलीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा...

सर्वोच्चको फैसलाविरुद्ध आमछोडिङमो गाउँपालिकामा मसाल जुलुस

सर्वोच्चको फैसलाविरुद्ध आमछोडिङमो गाउँपालिकामा मसाल जुलुस
रसुवा - रसुवा आमाछोडिङमो गाउँपालिका थम्पुचेत बजारमा,स्याफ्रुबेशी युवा संघ नेपालको आयोजनामा सर्वोच्च अदालतको असंवैधानिक निर्णय र प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरोधमा मसाल जुलुस आयोजना गरेका छन् । कार्यक्रममा युवाहरूले असंवैधानिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले बहुदलीय व्यवस्थालाई अन्त्य गरि निर्दलीय व्यवस्था बिउत्याउन खोजेकोमा बिरोध जनाए। उक्त कार्यक्रममा नेकपा (एमाले) आ...

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचाैँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै ओलीलाई विस्थापित गर्दै मंगलबार प्रधानमन्त्रीको जिम्मेवारीमा सिंहदरबार पुगेका हुन्।   आफ्नै नेतृत्वमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई विपक्षमा बस्ने जनमत प्राप्त भएपछि...

देउवा सरकारका चार मन्त्रीले लिए सपथ

देउवा सरकारका चार मन्त्रीले लिए सपथ
काठमाडाैं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध स्याफ्रुबेशीमा मसाल जुलुस

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध स्याफ्रुबेशीमा मसाल जुलुस
रसुवा - रसुवा गोसाईकुण्ड गाउँपालिका स्याफ्रुबेशी बजारमा, आज स्याफ्रुबेशी युवा संघ नेपालको आयोजनामा सर्वोच्च अदालतको असंवैधानिक निर्णय र प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरोधमा मसाल जुलुस आयोजना गरेका छन् । कार्यक्रममा युवाहरूले असंवैधानिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले बहुदलीय व्यवस्थालाई अन्त्य गरि निर्दलीय व्यवस्था बिउत्याउन खोजेको भनी घोर विरोध गेरका थिए । युवाहरूक...

शेर बहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ

शेर बहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगर...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ
काठमाडौं - राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच एकीकरण भएपछि आम जनताले ओली नेतृत...

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला
काठमाडौं - प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार (आज)का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ । संविधानको व्याख्या गर्ने अ...

प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्रमा
हेलम्बु - प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन्। प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा जानेछन्। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्न...

पूर्व माओवादी नेताहरु निर्वाचन आयोेगमा

पूर्व माओवादी नेताहरु निर्वाचन आयोेगमा
काठमाडौं - पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग पुगेका हुन् । अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका छन् । बुधबार पूर्व माओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । ‘अस्ती वकिल र दोस्रो तहका नेताहरु जानु भयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो क...