ओलीको एकलौटीले एमाले एकता झनै टाढा
काठमाडौं - अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्।
‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर देउवा) सँग मिलेर आफ्नो सरकार ढालेर...