तालिबानले अफगानीलाई मुलुक छाड्न नदिने
काबुल - तालिबानले अफगान नागरिकलाई अब मुलुक छाड्न नदिने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काबुल एयरपोर्टमा मुलुक छाड्नेको भीड कायमै भएकाले तालिबानले मंगलबार आफगानीलाई अब बाहिर जान नदिने बताएको हो।
यसैगरी तालिबानले अमेरिकालाई ‘उद्धार’ कार्य अर्को साताभित्र सक्न पनि मिति तोकिदिएको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र विदेशी नागकिलाई उद्धार गरिरहेको छ।
तालिबानका प्रवक्ता जब...