मंसापुरमा युवकको शव भेटियो

मंसापुरमा युवकको शव भेटियो
राजविराज - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिन...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
ढोरपाटन - केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलल...

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुर - राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरका...

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

सधैँ सताइरहने दब्ल्लाङको पहिरो
गलकोट - बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरु यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका–१२, १३...

पहिरोले विद्यालय भवनमा क्षति

पहिरोले विद्यालय भवनमा क्षति
म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पु¥याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताउनुभयो । “भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ,” उहाँले भन्नुभयो “सबैभन्दा जोखिम भ...

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह
कञ्चनपुर - बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन् । बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानका...