पर्यटकिय गन्तव्य निर्माणमा जुट्दै रसुवाको गत्लाङबासी
फुर्पु सिंगी तामाङ्ग,
रसुवाको तामाङ हेरिटेज पर्यटन मार्ग तथा आमाछोडिङमो गाउँपालिका गतलाङ–३ मा ३९०० मीटरको उचाईमा रहेको ज्यार्सा तेन्जो डाँडा पर्यटकिय सम्पदाको दृष्टिकोणले अति नै सम्भावना बोकेको स्थानको रुपमा भएता पनि प्रचार प्रसारको कमिको कारण ओझेलमा परिरहेको छ । प्राकृतिक एबम् मनोरम दृश्यले भरिपूर्ण रहेको ज्यार्सा तेन्जो डाँडालाई प्रचारप्रसार तथा व्यबस्थापन गरेर बिश्व पर्यटन बजारसम्म चिनाउने...