डुडुवा गाउँपालिद्वारा धानको बीउ उत्पादन

डुडुवा गाउँपालिद्वारा धानको बीउ उत्पादन
खजुरा (बाँके), ६ भदौ - किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ । किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ३० हेक्टर जमिनमा लगाइए...

आठ सय कृषि फार्मलाई अनुदान

आठ सय कृषि फार्मलाई अनुदान
गण्डकी, ६ भदौ - व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई रु सात करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई रु आठ क...

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान
लुम्बिनी, १ भदौ - रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा रु साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको छ । उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू भएको र किसानलाई जग्गा खाली ...

म्याग्दीमा आलुले बजार पाएन

म्याग्दीमा आलुले बजार पाएन
गलेश्वर, २५ साउन - म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँ...

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र
दमौली, २३ साउन - तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति ९रासस०बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो ने...

तनहुँमा उत्पादित कागतीखेतीले बजार पाएन

तनहुँमा उत्पादित कागतीखेतीले बजार पाएन
दमौली, २१ साउन - तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो । विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावना...

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण
लहान, २० साउन - सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो । नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गर्नुभएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब...

मनहरि नदीउकास क्षेत्रमा नरिवल खेती

मनहरि नदीउकास क्षेत्रमा नरिवल खेती
मनहरि, १९ साउन - मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० नरिवलको बिरुवा रोपण गरिएको हो । नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती थालनी गरिएको गाउँपालिकाका अध्यक्...

गाउँमै मेवा खेतीमा रमाउँदा…

गाउँमै मेवा खेतीमा रमाउँदा…
मन्थली, १५ साउन - कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै  मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गर्नुभएको छ । उहाँले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिनुभएको छ  । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहनुभएको छ  । उहाँको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उहाँले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्...

किसानको मुख्य समस्या नै बाँदर

किसानको मुख्य समस्या नै बाँदर
भोजपुर, १५ साउन - भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्...