किरण लिम्बू

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका – १ नुन्ढाकी तातोपानी खेलमैदानमा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो ।

 

आगामी चैत ३० गतेबाट प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गते समापन हुने आयोजक मिल्के जनउत्थान मञ्चले जानकारी दिए । पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू बीस हजार ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ, द्वितीय पुरस्कार रू दश हजार ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया