काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा ‘इनस्टाइल ब्युटी हब’ सञ्चालनमा आएको छ ।

दुबईमा एक दशक भन्दा बढी काम गरेर फर्किएकी लक्ष्मी तामाङले सोमबारदेखि सलोन सञ्चालनमा ल्याएकी हुन् ।

महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबको नायिका रेखा थापाले उदघाटन गरेकी छिन् । यसको निर्देशक इन्द्र तामाङ र राज कार्की छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीप स्वदेशमा उपयोग गर्ने बताइन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रियस्तरका तालिम लिएकी छिन् ।

इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअपसम्बन्धी तालिममा ५० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ ।
यस्तै वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिइने सञ्चालक तामाङले जानकारी दिइन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ’, तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’ हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।

इनस्टाइल ब्युटी हबको उद्घाटनमा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डा। डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो । ‘मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ’, नायिका रेखा थापाले भनिन्, ‘पछिल्लो समय महिलाहरु सुन्दरताबारेमा अझ सचेत छन् ।’

 

तपाईको प्रतिक्रिया