काठमाडौं – अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ।
उपचारका क्रममा गत वर्ष उनको निधन भएक थियो। मोडल घिमिरेको स्मृति कोषले आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेको छ।
त्यस्तै घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्दारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।