भक्तपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् ।
अध्यक्ष ओलीको आज परेको ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले सङ्कलन र सम्पादन गरेको पुस्तक ‘समवेत दृष्टि’ को विमोचनमका क्रममा उनले सो कुरा बताएका हुन्।
सो पुस्तक अध्यक्ष ओली, उनका पिता मोहनप्रसाद र श्रीमती राधिकाले विमोचन गरेका हुन् ।
उनले आफ्ना पितातर्फ देखाएर ‘बुबा त अझै तन्नेरीजस्तै हुनुहुन्छ भने म त झन बूढो हुने कुरै भएन, म ढुक्क छु’ भन्दै उनले आफ्नो जीवन रहेसम्म जनता, राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
भिडियो…