काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। गृह जिल्ला मकवानपुर पुगेर उनले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेख्नुभएको छ। थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना सफल नभएको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया