संखुवासभा – नेकपा (एमाले) संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कृष्ण कुमार तामाङ, सचिवमा खड्ग बहादुर राई र उपसचिवमा वाङदावी भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएका छन् ।