काठमाडौं – नेकपा (माओवादी केन्द्र) उदयपुर काठमाडौ सम्पर्क समन्वय समितिले गत शनिबार राजधानीमा एक भब्य कार्यक्रमका बिच नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यक्रमले निवर्तमान कमिटीका सचीव दिल भुजेलको नेतृत्वमा सात पदाधिकारी सहित मनोनीत गर्ने ठाउँ खाली राखेर तत्काललाई २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संगठनको इतिहासमा चौथो सम्मेलन सम्पन्न हुँदै गर्दा निवर्तमान अध्यक्ष कृष्ण सुनुवारले नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्ने घोषणा गर्दै उमेदवारी नदिने उद्घोष गरेसंगै अध्यक्षमा ५ जनाको दाबी परे पनि अन्तत लामो छलफल पश्चात् सर्वसहमतिमा नयाँ कार्यसमिति चयन भएको थियो ।

पार्टिका केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय विषेश प्रदेश समितिका ईन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यमा भक्तपुर लोकन्थली मनोहरा स्थित इन्द्रासन बैंक्वेटमा उदयपुरे जनसमुदायको बाक्लो उपस्थितिका बिच सम्पन्न सम्मेलनमा दर्जन बढी विभिन्न बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

पार्टिको विधान अनुसार दिल भुजेलको अध्यक्षतामा उपाध्यक्ष त्रय शिरोमणि खड्का, पमिका राई र ध्रुव लायो मगर त्यस्तै सचिब लोक ब। गिरि, सहसचिबमा शोभा थापामगर र कोषाध्यक्ष रोधकुमार खड्का (बिचारी) गरि ७ जना पदाधिकारी रहनेगरी हाललाई २१ सदस्यीय कमिटी चयन गरेकोमा कार्यसमितिमा प्राय नयाँ अनुहारहरुले प्रवेश पाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिलाराम आचार्य लागयतका विशेष अतिथिहरु प्राय सबैजसोले आउँदै गरेको पार्टी केन्द्रको केन्द्रिय सम्मेलनले पार्टिलाई सुदृढीकरण र पुनर्निर्माण गर्दै फेरि २०६४ को स्तरमा शक्ति आर्जन गर्ने लक्ष्य लिएकोले त्यही अनुरुप लाग्न कार्यकर्ता पंक्तिलाई दिशानिर्देश गरेका थिए । कार्यक्रममा पार्टिका केन्द्रिय निर्वाचन आयोगका सदस्य जनक गिरि, सम्पर्क समन्वय विषेश प्रदेश समितिका सदस्य जीवन बुर्जा मगर, विषेश प्रदेश समितिका सदस्य कृष्ण पाण्डे (राजन) लगायत संगठनका सिनियर नेताहरु मेघ ब। राउत , जनार्दन कार्की तथा निवर्तमान अध्यक्ष कृष्ण सुनुवारले पनि मन्तव्य राखेका थिए ।

झण्डै मध्याह्न १२ बजे शुरु भएको सम्मेलन बेलुकि करिब ७ बजेतिर नेतृत्वमा सहमति बनेपछि निर्वाचन संयोजक लालबहादुर कार्किले निर्वाचित सबैलाई सपथ खुवाए संगै नवनिर्वाचित अध्यक्ष दिल भुजेलले निवर्तमान कमिटीलाई धन्यवाद र अब आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छोटो प्रतिबद्धता जाहेर गरेपछि सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया