काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ।

प्रदेशसभा सदस्य रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा केशव पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा अजयक्रान्ति शाक्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादर लामा र स्वास्थ्य मन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया