रसुवा, सुजन तामाङ्ग (लोपन)
रसुवा – रसुवाका पूर्व सांसद जनार्दन ढकालको पहलमा भौतिक पूर्वाधार तथा याताात मन्त्रालयका आधारमा अर्थ मन्त्रालयले ५५ करोड ५५लाख ६२ हजार बजेट विनियोजन गराउन सफल हुनु भएको छ ।
नेता ढकाल ०७४ को निवार्चनमा हार बेहोरे पनि निरन्तर जनताको सेवामा सकृयताका साथ लागि परेका छन् । जिल्लाको विकास र नागरिकको सुरक्षाको लागी प्रशंसायोग्य कार्यहरु गर्दै उदाहरणिय नेताको रुपमा रसुवाका जनार्दन ढकालको नाम अग्रपंतिमा आउने गरेको छ । नेकपा एमालेका नेता ढकालले रसुवा जिल्लाको विकास निर्माण र नागरिकको सुरक्षाको लागी आफु सदैव अग्रस्थानमा रहेर कार्य गरिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
नेता ढकालले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । एउटा अर्को प्रयासले सार्थकता पाएको छ। कालिका गाउँपालिका अन्तर्गत “धारापानी (रुप्सेपानी (जिबजिबे (मुडुली भञ्ज्याङ् हुँदैपासाङल्हामु राजमार्ग जोड्ने सडक र रुप्सेपानी धुसेनी दशमुरे सडक “निर्माणका लागि आव ०७८०७९ को लागि ५५ करोड ५५ लाख ६२ हजार रूपियाँ बिनियोजन गर्न सफल भएको छ। यस सडक निर्माणले जिल्लाको सिङ्गो दक्षिण (पूर्वी भेगका जनताहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । इतिहास मै रसुवाको ग्रामीण कृषि सडक निर्माणकार्यका लागि यति ठूलो बजेट पार्न सफल भएको यो पहिलो हो । उनले बजेट विनियोजनका लागि पहल गरी सहयोग गर्ने सवैलाइ धन्यवाद समेत दिएका छन् ।
उनको पहलमा भएको सकरात्मक कामको बारेमा अहिले रसुवाले जनताले व्यक्तिगत रूपमा फोन गरी वा अनलाइन मिडिया र सामाजिक संजालबाट बधाई तथा धन्यवाद दिएका छन्।
२०७० सालको संविधान सभा निर्वाचनमा रसुवाबाट विजय हुनु भएको नेता ढकाल २०७४ सालको प्रधिनिधि सभामा थोरै मतले पराजित हुनु भएको हो ।