काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई जना राज्यमन्त्री छन् ।
नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। यसरी पदमुक्त हुनेमा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्री छन्।