काठमाडौं – नेकपा (एमाले)का नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएको बताएका छन्।

विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका थिए । नेता भट्टराईले समेत आफूले विपक्षी दलका नेताको नाममा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

नेता भट्टराईले एमालेको एकतालाई जोगाउने आशाले गर्दा आफूले उक्त दाबी पेशमा हस्ताक्षर नगरेको बताएका हुन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’

तपाईको प्रतिक्रिया