रसुवा/सुजन तामाङ(लोपन)

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३३ पुगेको छ । बिहीबार ३३ जना संक्रमित थपिसँगै कोरोना संक्रमितको संख्या १ सय ३३ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । हाल अहिले सम्म जिल्लाको पाँच ओटा पालिका मध्य आमाछोडिङमो गाउँपालिकामा संग्रमित संख्या शून्य थियो भने आज PCR परीक्षण गर्दा वडा न ५को थम्बुचेटमा १२ जानको रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोनाको जोखिम बढ्दै गएको र अझै तिब्र गतिमा फैलिन सक्ने भएकाले स्वास्थ्य सेवा, विपदर तथा आकस्मिक सेवा बाहेकका सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले सूचना जारी गरेर विवाह, ब्रतबन्ध, घेवा, सभा, भेला सम्मेलन लगायतका भिडभाड हुने कार्य नगर्न नगराउन अनुरोध गरेको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ३५, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्‍मोमा १२ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये १० जना संस्थागत र १ सय २२ जना होम आइसोलेसनमा बसेका छन् । रसुवामा हालसम्म ३ सय १३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार १९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ५५ नेगेटिभ र ३ सय १३ पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया