काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाटै एकैचोटी १६५ सडकको शिलान्यास गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गर्नेछन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपल्ट शिलान्यास गरेका थिए ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया