काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पु¥याउने बताउनुभएको छ ।

फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गर्नुभएको छ । उहाँले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री ढकालले सन्देशमा भन्नुभएको छ, “नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली)का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

तपाईको प्रतिक्रिया